सेयर बजार

नेप्सेमा ४.२८ अंकको गिरावट, ४ अर्ब ७१ करोडको कारोबार

सोमबार, १५ मंसिर २०८२, १५ : ०८

काठमाडौं- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३२५ कम्पनीको १ करोड ८ लाख ६० हजार ८२८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड माथिको सेयर कारोबार भएको छ । आज १२४ कम्पनीको सेयर मूल्य बढ्दा १२६ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

Capture

आज युनाइटेड मोदीको सर्वाधिक २७ करोड १० लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा हिमालयन रिइन्स्योरेन्सको १५ करोड ३८ लाख रुपैयाँ र तेस्रोमा बन्दीपुर केबलकारको १४ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन सागर डिष्टिलरी र स्वास्तिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, झापा इनर्जी र श्रीनगर एग्रीटेकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । 

निफ्रा ग्रीन इनर्जी डिबेन्चर ६ % का इकाईधनीले आज सर्वाधिक ९.५१ प्रतिशतका दरले गुमाएका छन् ।

 
सोमबार, १५ मंसिर २०८२, १५ : ०८

प्रतिक्रिया