काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचन लक्षित आफूखुशी उम्मेदवारी घोषणा नगर्न निर्देशन दिएको छ । रास्वपाले आफ्ना नेता-कार्यकर्तालाई पार्टीले निर्णय नगरेसम्म उम्मेदवारी घोषणा नगर्न पार्टीको उम्मेदवार छनौट समितिले सचेत गराएको हो ।
समितिले रुपन्देही३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा उम्मेदवार तय भएकोले अन्य क्षेत्रमा टुंगो लाग्न बाँकी रहेको उम्मेदवार स्पष्ट पारेको छ ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न तहका नेता तथा सदस्यहरूले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आफू उम्मेदवार हुने, उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरिसकेको वा उम्मेदवार दाबी गर्ने खालका अभिव्यक्ति सार्वजनिक रूपमा दिइएको विषयमा उम्मेदवार छनोट समितिको ध्यानाकर्षण भएको छ ।’, रास्वपाको छनौट समितिले भनेको छ ।
रास्वपाले आधिकारिक रूपरेखा र विधिअनुसार मात्र उम्मेदवार चयन हुने स्पष्ट नीति रहेकाले औपचारिक रूपमा उम्मेदवार चयन नभएको जनाएको छ ।
‘पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको छनोट पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र हुने स्पष्ट नीति रहेको छ। सोही प्रक्रिया अनुरूप रुपन्देही क्षेत्र नं ३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा चयन भएको छ। यसबाहेक अन्य कुनै पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हालसम्म पार्टीको तर्फबाट उम्मेदवार टुंगो लागेको छैन भन्ने व्यहोरा सम्बन्धित सबैमा यसैमार्फत स्पष्ट गरिन्छ।’, विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया