काठमाडौं- नबिल बैंक लिमिटेडको कोष प्रवर्द्धक रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित नबिल म्युचुअल फन्डको दोस्रो खुलामुखी योजना ‘एन आई ३१’ का ईकाइहरुको खरिद÷बिक्री मंसिर १५ गते सोमबारबाट सुरु भएको छ।
यस योजना अन्तर्गत व्यवस्थित लगानी गर्न चाहने लगानीकर्ताहरुले न्यूनतम रु. १,००० बाट मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रुपमा लगानी गर्न सक्नेछन्।
ईकाइहरु काठमाडौंको नक्साल, नारायणचौरस्थित सेन्ट्रल प्लाजामा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय तथा कम्पनीको आधिकारिक वेबसाइटमार्फत खरिद÷बिक्री गर्न सकिने कम्पनीले जनाएको छ।
इच्छुक लगानीकर्ताहरुले एसआईपीमार्फत पनि एन आई ३१ मा लगानी गर्न सक्नेछन् ।
प्रतिक्रिया