सेयर बजार

आज १३.५२ अंकले घटेर बन्द भयो नेप्से, ५ अर्ब २३ करोडको कारोबार

बुधबार, १७ मंसिर २०८२, १५ : १९

काठमाडौं- साताको चौथो कारोबार दिन नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३३२ कम्पनीको १ करोड ८ लाख ७३ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ करोडको शेयर कारोबार भएको छ । आज ७४ कम्पनीको सेयर मूल्य बढ्दा १७७ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

cap

आज बन्दीपुर केबलकारको सर्वाधिक १८ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा हिमालयन रिइन्स्योरेन्सको १७ करोड ८१ लाख  रुपैयाँ र तेस्रोमा ङादी ग्रुप पावरको १४ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन ३ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज सागर डिष्टिलरी, मिथिला लघुवित्त र झापा इनर्जीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, स्वस्तिक लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

सामलिङ पावर कम्पनीका लगानीकर्ता आज सर्वाधिक २.८५ प्रतिशतका दरले गुमाएका छन् ।
 

 
बुधबार, १७ मंसिर २०८२, १५ : १९

प्रतिक्रिया