काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)को प्रवक्ताको जिम्मेवारी सन्तोष परियारले पाएका छन् ।
पार्टीको केन्द्रीय कार्यालय सुविधानगर तीनकुनेमा आज (शुक्रबार) बसेको बैठकले परियारलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
साथै सहप्रवक्ताको जिम्मेवारी ओजस्वी भट्टराईलाई दिने निर्णय गरेको छ । दुबै जना पार्टीको पाँच सदस्यीय अध्यक्ष परिषद्मा रहेका छन् ।

प्रतिक्रिया