काठमाडौं- यस साता नेप्से परिसूचक ४४.८६ अंकले घटेर २६३१.१७ विन्दुमा आईपुगेको छ। गत साता २६७६.०३ विन्दुमा बन्द भएको नेप्से यो साता ४४.८६ अंक घटेर २६३१.१७ विन्दुमा पुगेको हो ।
यस साता चार कारोबार दिन बजार खुलेको थियो। बिहीबार उधौली पर्व परेकाले सार्वजनिक विदा हुँदा बजार बन्द भएको थियो । यस साता कारोबार भएका चार दिनमा सबै कारोबार दिन नेप्से घटेको थियो।
यस साता औसतमा ५ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार ७ अर्ब ८ करोडको सेयर कारोबार भएकोमा सोमबार ४ अर्ब ७१ करोडको भयो । मंगलबार ४ अर्ब ४८ करोड र बुधबार ५ अर्ब २३ करोडको सेयर कारोबार भयो ।
साताको पहिलो कारोबार दिन नेप्से २६.५१ अंकले घटेर २६४९.५२ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३४२ कम्पनीको १ करोड ५७ लाख ३६ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबार दिन नेप्से ४.२८ अंकले घटेर २६४५.२४ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२५ कम्पनीको १ करोड ८ लाख ६० हजार ८२८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबार दिन नेप्से ०.५३ अंकले घटेर २६४४.७० को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३२४ कम्पनीको १ करोड ८ लाख १० हजार १०६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको अन्तिम अर्थात् चौथो कारोबार दिन नेप्से १३.५२ अंकले घटेर २६३१.१७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३२ कम्पनीको १ करोड ८ लाख ७३ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।
प्रतिक्रिया