सेयर बजार

नेप्सेमा ३.०२ अंकको गिरावट, ४ अर्ब ६६ करोडमा झर्‍यो कारोबार

सोमबार, २२ मंसिर २०८२, १५ : ०९

काठमाडौं- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.०२ अंकले घटेर २६०६.६७ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३३१ कम्पनीको १ करोड १ लाख ४६ हजार ४०० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६६ करोडको सेयर कारोबार भएको छ । आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४७ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

Capture

आज ङादी ग्रुप पावरको सर्वाधिक ५५ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा सागर डिष्टिलरीको २३ करोड ९७ लाख रुपैयाँ र तेस्रोमा पियोर इनर्जीको ९ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन अपर स्यांगे हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ता आज सर्वाधिक ५.१६ प्रतिशतका दरले गुमाएका छन् ।

 
सोमबार, २२ मंसिर २०८२, १५ : ०९

प्रतिक्रिया