ईश्वर पोखरेलले बुझाए एमाले महाधिवेशनका लागि अलगै अवधारणापत्र (पूर्णपाठ)

सोमबार, २२ मंसिर २०८२, १५ : ५८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महासचिव शंकर पोखरेललाई आफूले तयार पारेको महाधिवेशनका लागि अलग्गै दस्ताबेज बुझाएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली कार्यालय नआउने भएपछि सोमबार महासचिव शंकर पोखरेललाई उनले महाधिवेशनका लागि अलगै दस्ताबेज बुझाएका हुन् । 

उनले आफ्नो दस्ताबेजमा ‘जेन-जी’ आन्दोलन र भदौ २४ को विध्वंसको समीक्षा गरेका छन् । एमाले पार्टी कार्यालय, नेताका घर, सिंहदरबार र संसद भवनमा समेत सुनियोजित रूपमा भएको आक्रमण भएको उल्लेख छ ।

उनले आजका कार्यभारहरूलाई निर्देशित गरिरहेको सिद्धान्त मार्क्सवाद लेनिनवाद भएको र मार्क्सवाद लेनिनवादलाई नेपाली विशिष्टतामा प्रयोग गर्दै मदन भण्डारीले अगाडि बढाएको जबजको सिद्धान्तका आधारमा पूँजीवादी जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादका आधार तयार पार्ने चरणमा रहेको स्मरण गराएका छन् ।

पूर्णपाठ

 
 
सोमबार, २२ मंसिर २०८२, १५ : ५८

प्रतिक्रिया