काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकार भ्रष्टाचारविरुद्ध कठोर कदमबाट सरकार पछि नहट्ने चेतावनी दिएकी छिन्।
मंगलबार भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आफू नेतृत्वको सरकार चुनावी उद्देश्य मात्र नभएको बताउँदै ‘सुशासनको माग राखी भएको जेनजी आन्दोलनको जगमा बनेको सरकार’भएकाले भ्रष्टाचार विरुद्ध कठोर हुने बताइन्।
‘जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन,’ कार्कीले भनिन्।
उनले राज्यका संयन्त्रहरू सक्रिय रूपमा काम गरिरहेको बताउँदै भ्रष्टाचार नियन्त्रणका गतिविधिबाट अत्तालिएर प्रत्यक्ष-परोक्ष धम्की आउने अवस्थाबारे संकेत गरिन्। कार्कीले भनिन्, ‘यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्षरुपमा धम्क्याए पनि हामी डराउँदैनौँ।’
प्रतिक्रिया