काठमाडौं- साताको चौथो कारोबार दिन नेप्से परिसूचक ५.०३ अंकले घटेर २६०९.०३ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३२९ कम्पनीको ८६ लाख ४७ हजार ९४८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७३ करोड ८७ लाखको सेयर कारोबार भएको छ । आज ८० कम्पनीको सेयर मूल्य बढ्दा १६९ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज श्रीनगर एग्रिटेक इन्डस्ट्रीजको सर्वाधिक२६ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा ङादी ग्रुपको १७ करोड ८ लाख रुपैयाँ र तेस्रोमा युनिभर्सल पावर कम्पनीको ११ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन २ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि विकास कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, एसवाई प्यानलका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् ।
झापा इनर्जीका लगानीकर्ताले आज सर्वाधिक ९.३० प्रतिशतका दरले गुमाएका छन् ।
प्रतिक्रिया