पूर्वमन्त्री अधिकारीले गरे चुनाव नलड्ने घोषणा

बुधबार, २४ मंसिर २०८२, १६ : ३७

काठमाडौं– नेपाली कांग्रेस धादिङका सभापति तथा पूर्वमन्त्री रामनाथ अधिकारीले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । धादिङ क्षेत्र नम्बर-२ क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकमा उनले आफ्नो दाबी फिर्ता लिने निर्णय गरेका हुन्।

अघिल्लो सरकारले कृषि तथा पशुपन्छी विकासमन्त्रीका रूपमा काम गरिसकेका अधिकारीले बोल्दै आफूले उम्मेदवारी नदिने निर्णय पक्का भएको बताए । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमा उनले भनेका छन्, ‘विभिन्न परिस्थितिलाई ध्यानमा राखेर यसपटक उम्‍मेदवारीबाट बाहिर रहने प्रण गरेको छु ।’

उम्मेदवारी नदिए पनि पार्टीलाई जिताउने जिम्मेवारी आफूले वहन गर्ने अधिकारीको भनाइ छ । ‘निर्वाचन जिताउनु नै मेरो मुख्य दायित्व हो,’ उनले भने, ‘मलाई संगठन र क्षेत्रको अवस्थाबारे पूर्ण जानकारी छ। ’

 
 
बुधबार, २४ मंसिर २०८२, १६ : ३७

प्रतिक्रिया