एमालेमा ओली–पोखरेल टकराव

ओली जाँचबुझ आयोगमा बयान दिन जानुपर्छ, अवज्ञाले राम्रो गर्दैन : ईश्वर पोखरेल

बुधबार, २४ मंसिर २०८२, १६ : ५८

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष  ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको आयोगमा उपस्थित भएर बयान दिनुपर्ने बताएका छन् । 

एमालेको ११ औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार समेत रहेका पोखरेलले बुधबार राजधानीमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रियामा बोल्दै आयोगको अवज्ञा गर्न नहुने बताएका हुन् ।

आयोगले बोलाएको समयमा बयान दिन जानु स्वाभाविक प्रक्रिया भएको उनको भनाइ थियो । पोखरेलले भने,  ‘आयोगमा बयान दिन जाने कुरा स्वाभाविक हो। म भएको भए अझै अगाडि नै गएर बयान दिन जाने थिएँ। त्यसको अवज्ञाले राम्रो गर्दैन ।’

 
 
 
 
 
बुधबार, २४ मंसिर २०८२, १६ : ५८

प्रतिक्रिया