सेयर बजार

आज सामान्य अंक घटेर बन्द भयो नेप्से, ३ अर्ब ४९ करोडको कारोबार

विहीबार, २५ मंसिर २०८२, १५ : १०

काठमाडौं- साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३२६ कम्पनीको ७७ लाख ६८ हजार ६०१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोडको सेयर कारोबार भएको छ । आज ९८ कम्पनीको सेयर मूल्य बढ्दा १४९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

Capture

आज ङादी ग्रुपको सर्वाधिक १८ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा श्रीनगर एग्रिटेक इन्डस्ट्रीजको १२ करोड ३५ लाख रुपैयाँ र तेस्रोमा सागर डिष्टिलरीको ९ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

यसदिन स्वस्तिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन्। यस्तै, एसवाई प्यानलका लगानीकर्ताले आज ९.९८ प्रतिशतका दरले कमाएका छन् ।

मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले आज सर्वाधिक ६.४२ प्रतिशतका दरले गुमाएका छन् ।

 
विहीबार, २५ मंसिर २०८२, १५ : १०

प्रतिक्रिया