काठमाडौं- नेपाल विधार्थी संघकी पूर्व महामन्त्री महेश्वरी कुँवर पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएकी छन् ।
उक्त क्षेत्रबाट उनीसँगै अन्य चार जना पनि सिफारिस भएका छन्, जसमा पार्टीको जिल्ला सभापति, हिमाल दत्त श्रेष्ठ, विर बहादुर राना, कृष्ण बस्याल र मिना पन्थी रहेका छन् ।
प्रतिनिधि सभा निर्वाचन यही फागुन २१ मा हुँदैछ ।
विद्यार्थी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी महेश्वरी कुँवर जिल्लामा लोकप्रिय नेताको रुपमा परचित छिन् ।
प्रतिक्रिया