एमाले महाधिवेशनः आज बन्दसत्र सुरु हुँदै, दुबै पक्ष प्यानल बनाउन सक्रिय

आइतबार, २८ मंसिर २०८२, ०९ : ५४

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ। नयाँ नेतृत्व चयनका लागि आज (आइतबार) बिहान साढे ७ बजेदेखि बन्दसत्र सञ्चालन हुने पूर्व निर्धारित कार्यक्रम भए पनि नेतृत्वमा आन्तरिक सहमति नजुट्दा केन्द्रीय समिति बैठक बोलाइएको छ । 

बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ। देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष , महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन्।

महाधिवेशन प्रस्ताव लेखन तथा माइन्युट लेखन समितिको जिम्मेवारी उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ।

यसपटक अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा लगभग निश्चित देखिएको छ । दुबै पक्ष नेतृत्वमा प्रतिस्पर्धाका लागि आआफ्नो प्यानल निर्माणमा सक्रिय भएर लागेका छन् । 

 
 
आइतबार, २८ मंसिर २०८२, ०९ : ५४

प्रतिक्रिया