बन्दसत्रअघि एमाले केन्द्रीय कमिटी बैठक सुरु, विधान संशोधन प्रस्तावमा छलफल हुने

आइतबार, २८ मंसिर २०८२, १२ : ०७

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ ।

बन्दसत्रको कार्यसूची निर्धारणबारे छलफल गर्न बैठक  भएको हो । बैठकको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजनीतिक दलको औचित्य पुष्टि भएको बताए । 

बैठकमा महासचिव शंकर पोखरेलले बन्दसत्रमा प्रस्तुत गरिने निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत एजेण्डा प्रस्तुत गरे ।

 
आइतबार, २८ मंसिर २०८२, १२ : ०७

प्रतिक्रिया