एमाले विधान महाधिवेशनको निर्णय उल्टियो : पदाधिकारी संख्या बढ्यो, वरिष्ठ उपाध्यक्ष पद हट्यो

आइतबार, २८ मंसिर २०८२, १३ : ३३

काठमाडौं–  नेकपा एमालेले यसअघिको विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ । एमालेले गोदाबरी विधान महाधिवेशनमा तय गरेको १५ सदस्यीय पदाधिकारीको निर्णय उल्ट्याएर १९ सदस्यीय बनाउने भएको छ।

आज(आइतबार) एघारौं महाधिवेशनको बन्दसत्र सुरुहुनुन अघि बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । 

यस्तै वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । ११औँ महाधिवेशनअन्तर्गत आइतबार भृकुटीमण्डपस्थित बन्दसत्र हलमै बसेको केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको हो । 

 
 
 
आइतबार, २८ मंसिर २०८२, १३ : ३३

प्रतिक्रिया