एमालेमा दुई प्यानलको प्रतिस्पर्धा, कुन प्यानलबाट को भए उम्मेदवार ?

सोमबार, २९ मंसिर २०८२, १४ : ४०

काठमाडौं– नेकपा(एमाले)को एघारौं महाधिवेशनमा दुई पक्षबीच प्यानल बनाएर प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्यानलै बनाएर प्रतिस्पर्धा हुन लागेको हो ।

ओली प्यानलबाट अध्यक्षमा ओली सहित उपाध्यक्षहरूमा रामबहादुर थापा, विष्णु पौडेल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ रहने छन्। महासचिवका आकांक्षी रहेका प्रदीप ज्ञवाली पनि उपाध्यक्षकै उम्मेदवार बनाइए पछि उनी असन्तुष्ट रहेको बताइएको छ ।

महासचिवमा शंकर पोखरेल दोहोरिँदा उपमहासचिवमा विष्णु रिमाल, लेखराज भट्ट र रघुवी महासेठ उम्मेदवार बन्ने छन्।

त्यस्तै भानुभक्त ढकाल, छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, राजन भट्टराई, शेरधन राई, यामलाल कँडेल र महेश बस्नेत सचिवको उम्मेदवार बन्न लागेका छन् । 

अर्को ईश्वर पोखरेल प्यानलबाट अध्यक्षमा पोखरेलसहित उपाध्यक्षमा पर्शुमेघी गुरुङ, बिन्दा पाण्डे, अरुण नेपाल, गोकर्ण विष्ट उम्मेदवार रहेका छन् । 

त्यस्तै महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार बन्दा उपमहासचिवमा योगेश भट्टराई उम्मेदवार बनेका छन् । सचिवमा  वैजनाथ चौधरी इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, विनोद ढकाल, पुरुषोत्तम पौडेल, रचना खड्का र डा कृष्ण केसी उम्मेदवार रहेका छन् ।

 
सोमबार, २९ मंसिर २०८२, १४ : ४०

प्रतिक्रिया