सेयर बजार

लगातार घटेको नेप्सेमा आज सामान्य अंकको वृद्धि, ३ अर्ब ४४ करोडको कारोबार

सोमबार, २९ मंसिर २०८२, १५ : ०९

काठमाडौं- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ६.७४ अंकले घटेर २६०१.६१ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड १९ लाखको सेयर कारोबार भएको छ । आज १५५ कम्पनीको सेयर मूल्य बढ्दा ९४ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

Capture

आज ङादी ग्रुपको सर्वाधिक १४ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा लक्ष्मी सनराइजको १४ करोड १५ लाख रुपैयाँ र तेस्रोमा नेपाल एसबिआई बैंकको १३ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन स्वस्तिक लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, एसवाई प्यानलका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

हिम स्टार उर्जाका लगानीकर्ताले आज सर्वाधिक ६.९५ प्रतिशतका दरले गुमाएका छन् ।

 
सोमबार, २९ मंसिर २०८२, १५ : ०९

प्रतिक्रिया