सेयर बजार

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

मंगलबार, ०१ पुस २०८२, १० : ५५

काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा ०.१९ अंक घटेर २६०१.८१ विन्दुमा झरेको छ।  

यस सेसनमा १७ लाख ५४ हजार ७१२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ४२ कम्पनीको २ हजार ८२५ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये १२ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
मंगलबार, ०१ पुस २०८२, १० : ५५

प्रतिक्रिया