एमाले महाधिवेशन

मतदान सकिएको दुई घण्टामै मत परिणाम आउने, मध्यान्ह १२ बजेसम्म खस्यो ३१५ मत

बुधबार, ०२ पुस २०८२, १२ : १३

काठमाडौं– नेकपा(एमाले)को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । मंगलबारदेखि मतदान प्रक्रिया सुरु हुने बताइए पनि प्राविधिक कारणले आज(बुधबार) बिहानदेखि मतदान सुरु भएको छ । 
 
एमाले नेता राजेन्द्र गौतमका अनुसार मतदान सकिएको २ घण्टाभित्रै मत परिणाम सार्वजनिक हुनेछ । बिहानदेखि भइरहेको मतदान सकिए लगत्तै मतगणना हुने र राति १० बजेसम्म मत परिणाम सार्वजनिक भइसक्ने उनले जानकारी दिए ।

एमालेको आगामी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका छन् । दुबै टिमले अन्य पदाधिकारीसहित केन्द्रीय सदस्यमा प्यानलै बनाएर उम्मेदवारी दिएका हुन् । 

अहिले महाधिवेशन प्रतिनिधिहरुले भोटिङ मेसिनबाट मतदान गरिरहेका छन् ।  मध्याह्न पौने १२ बजेसम्ममा ३१५ मत खसेको छ । मतदानमा खटिएका प्राविधिक राम रिमालका अनुसार मतदान शुरू भएको २ घण्टामा ३१५ प्रतिनिधिले भोट खसालेका हुन् ।

 
 
 
बुधबार, ०२ पुस २०८२, १२ : १३

प्रतिक्रिया