काठमाडौं- साताको चौथो कारोबार दिन नेप्से परिसूचक ५.७० अंकले बढेर २६२५.७० को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ३७ लाखको सेयर कारोबार भएको छ । आज १४३ कम्पनीको सेयर मूल्य बढ्दा १०४ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज युनियन हाइड्रोको सर्वाधिक २२ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा मञ्जुश्री फाइनान्सको १३ करोड ७६ लाख रुपैयाँ र तेस्रोमा ङादी ग्रुपको ११ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन स्वस्तिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, एसवाई प्यानलका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
बाराही हइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।
प्रतिक्रिया