काठमाडौं– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अग्रता लिएका छन् । उनी अर्का प्रत्याशी र्ईश्वर पोखरेलभन्दा दोब्बर मतले अगाडि रहेका छन् । पछिल्लो मतपरिणाम अनुसार ओलीले ३३३ मत पाएका छन् भने ईश्वर पोखरेलले ११० मत पाएका छन् ।
उपाध्यक्षतर्फको प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत पाएका छन् । उनले १७३ मत पाउँदा पृथ्वीसुब्बा गुरुङले १७१, रामबहादुर थापाले १५३, गोकर्ण विष्टले १३२ र रघुजी पन्तले १२३ मत पाएका छन् ।
त्यस्तै बिन्दा पाण्डेले ९८, टंक कार्कीले ४३, गुरु बरालले १०९, अरुण नेपालले ३८, भीम आचार्यले २७, पशुराम मेघी गुरुङले ४७ मत पाएका छन् ।
प्रारम्भिक नतिजा अनुसार महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ । ओली प्यानलका महासचिवउम्मेदवार शंकर पोखरेलले ११५ मत ल्याउँदा अर्का ईश्वर पोखरेलतर्फका सुरेन्द्र पाण्डेले १०८ मत पाएका छन् ।
त्यस्तै उपमहासचिवमा योगेश भट्टराईले शीर्ष २ नम्बरमा मत ल्याएका छन् । उनले १४० मत पाउँदा अर्का उम्मेदवार लेखराज भट्टले १४७ मत पाएका छन् । त्यस्तै आनन्द पोखरेलले ७१ मत पाउँदा रघुवीर महासेठले १२६, राजेन्द्र प्रसाद गौतमले २६ र वैजनाथ चौधरीले ५४ मत पाएका छन् । यस्तै विष्णु रिमालले १०५ मत पाएका छन् ।
सचिव तर्फको प्रारम्भिक मतगणनामा पद्मा अर्याले सर्वाधिक मत पाएकी छन् । सचिवका उम्मेदवारहरु कर्णबहादुर थापा९३, अग्नि प्रसाद खरेल७७, इन्द्रलाल सापकोटा४१ र कृष्ण गोपाल श्रेष्ठले ५९ मत ल्याएका छन् ।
प्रतिक्रिया