काठमाडौं– नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। एमालेको एघारौं महाधिवेशनमा ईश्वर पोखरेललाई हराउँदै ओली विजयी भएका हुन् ।
ओलीले १ हजार ६६३ मत मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले जम्मा ५ सय ६४ मत प्राप्त गरे ।
यस्तै ओली प्यानलबाटै महासचिवमा दोहोरिएर उम्मेदवारी दिएका शंकर पोखरेल समेत विजयी भएका छन् । पोखरेलले अर्का प्रत्याशी सुरेन्द्र पाण्डेलाई हराउँदै जित हात पारेका हुन् । पोखरेलले १ हजार २२८ मत प्राप्त गरेर महासचिव जितेभने उनका प्रतिस्पर्धी पाण्डेले ९९९ मत पाएका छन्।
प्रतिक्रिया