एमाले केन्द्रीय कमिटी बैठक

पार्टीभित्रका असन्तुष्टि मिडियामा नराख्न ओलीको चेतावनी

शुक्रबार, ०४ पुस २०८२, १५ : ५५

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका असन्तुष्टिलाई मिडियामा गएर नराख्न चेतावनी दिएका छन् । 

नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले कसैको असन्तुष्टि भए नेतृत्वलाई लिखित तथा मौखिक रूपमा व्यक्त गर्न सुझाउँदै सञ्चारमाध्यममा गएर नराख्न चेतावनी दिएका हुन् ।

‘कसैको केही असन्तुष्टि नेतृत्वसमक्ष भए लिखित, मौखिक रूपमा व्यक्त गरे हुन्छ । सार्वजनिक सञ्चारमाध्यममा गएर पार्टीको प्रतिष्ठामा आँच आउने कुरा नहोउन् भन्न चाहन्छौँ । किनकि, हामी सुदृढ अनुशासनमा बस्छौँ ।’, उनले भने ।

अरूले पार्टीमा हस्तान्तरण र पुस्तान्तरणको कुरा गर्ने तर एमालेले कामले नै देखाउने ओलीले दाबी गरेका छन् । उनले ७६ वर्षको इतिहास भएको पार्टीमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा नभएको बताए । 

 
 
 
शुक्रबार, ०४ पुस २०८२, १५ : ५५

प्रतिक्रिया