सेयर बजार

साताभर ७.६६ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?

शनिबार, ०५ पुस २०८२, ११ : ५४

काठमाडौं- यस साता नेप्से परिसूचक ७.६६ अंकले बढेर २६१५.०३ विन्दुमा आईपुगेको छ। गत साता २६०७.३७ विन्दुमा बन्द भएको नेप्से यो साता ७.६६ अंक बढेर २६१५.०३ विन्दुमा पुगेको हो । 

यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो। यस साता तीन कारोबार दिन नेप्से घटेको थियो भने दुई कारोबार दिन बढेको थियो । 

यस साता औसतमा ३ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार ४ अर्ब ७४ लाखको सेयर कारोबार भएकोमा सोमबार  ३ अर्ब ४४ करोडको भयो । यस्तै, मंगलबार ३ अर्ब २९ करोड, बुधबार ४ अर्ब ५ करोड र बिहीबार ४ अर्ब ५७ करोडको सेयर कारोबार भयो ।

साताको पहिलो कारोबार दिन नेप्से १२.५० अंकले घटेर २५९४.८७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३० कम्पनीको १ करोड १२ लाख ७२ हजार १६८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७४ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको दोस्रो कारोबार दिन नेप्से ६.७४ अंकले घटेर २६०१.६१ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । 

साताको तेस्रो कारोबार दिन नेप्से १६.३७ अंकले बढेर २६१९.९९ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३२५ कम्पनीको ७८ लाख ४ हजार ४५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ४२ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको चौथो कारोबार दिन नेप्से ५.७० अंकले बढेर २६२५.७० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । 

साताको अन्तिम अर्थात् पाँचौ कारोबार दिन नेप्से १०.६६ अंकले घटेर २६१५.०३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२९ कम्पनीको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । ​​​​​​​

 
शनिबार, ०५ पुस २०८२, ११ : ५४

प्रतिक्रिया