सेयर बजार

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ५२ करोडको कारोबार

आइतबार, ०६ पुस २०८२, १५ : १६

काठमाडौं- साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५.१०को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड ८७ लाखको सेयर कारोबार भएको छ । आज ४३ कम्पनीको सेयर मूल्य बढ्दा २०७ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

Capture


आज स्वस्तिक लघुवित्तको सर्वाधिक १३ करोड ५ लाख रुपैयाँ को कारोबार भएको छ । दोस्रोमा बाराही हाइड्रोपावरको ११ करोड ९० लाख रुपैयाँ र तेस्रोमा सन नेपाल लाइफको  ११ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन एसवाई प्यानलका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले  कमाएका छन् ।  यस्तै, सिटिजन्स बैंक डिबेञ्चर २०८६ का लगानीकर्ताले ९.८३ प्रतिशतका दरले कमाएका छन् ।

सिन्धु विकास बैंकका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।

 
आइतबार, ०६ पुस २०८२, १५ : १६

प्रतिक्रिया