सेयर बजार

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

सोमबार, ०७ पुस २०८२, १० : ५६

काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा ०.०१ अंक घटेर २५९५.०८ विन्दुमा झरेको छ।  

यस सेसनमा १६ लाख ९७ हजार ९२६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५१ कम्पनीको २ हजार ७३६ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये १७ कम्पनीको सेयर मूल्य बढ्दा २९ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
सोमबार, ०७ पुस २०८२, १० : ५६

प्रतिक्रिया