काठमाडौं- साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३. २७ अंकले बढेर २५८४.४९ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४२ करोड ९८ लाखको सेयर कारोबार भएको छ । आज १३४ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज एसवाई प्यानलको सर्वाधिक ३० करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा सागर डिष्टिलरीको ८ करोड ४८ लाख रुपैयाँ र तेस्रोमा सीइडीबी होल्डिङ्सको ७ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन एसवाई प्यानलका लगानीकर्ताले सर्वाधिक ७.०४ प्रतिशतका दरले कमाएका छन् । यस्तै, सयपत्री हाइड्रोपावरका लगानीकर्ताले ६.१५ प्रतिशतका दरले कमाएका छन् ।
सिटिजन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले आज सर्वाधिक ५.९७ प्रतिशतका दरले गुमाएका छन् ।
प्रतिक्रिया