काठमाडौं- चर्चित पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमले दल बदलमा नयाँ कीर्तिमान कायम गरेकी छिन् । यसअघि नागरिक उन्मुक्ति पार्टी(नाउपा)मा प्रवेश गरेकी उनले उक्त पार्टी परित्याग गर्दै एक महिनाअघि मात्रै रमणकुमार कर्णको नेतृत्वमा आफू उपाध्यक्ष रहेर निर्वाचन आयोगमा जनादेश पार्टी दर्ता गराएकी थिइन् ।
उनै गौतम आज (बुधबार) फेरि सो पार्टी पार्टी त्यागेर आम जनता पार्टी (आजपा)मा प्रवेश गरेकी छन । काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आज बसेको आजपा केन्द्रीय कमिटीको बैठकमा सहभागी हुँदै गौतम पार्टीमा प्रवेश गरेकी हुन ।
आजपा अध्यक्ष एंव पुर्व मन्त्री प्रभु साहले गौतमलाई टीका, माला लगाई पार्टीमा प्रवेश गराएका हुन । आजपा प्रबेश गर्दै गौतमले समाजसेवालाई निरन्तरता दिदै राजनीतिमार्फत थप सशक्त आवाज उठाउनका लागि आजपामा प्रबेश गरेको बताइन् ।
आजपाले उठाउदै आएको मुद्दा, नीति, बिचार मुलुक र नेपाली जनताको हितमा भएको बताउदै उनले समाजको सेवा गर्ने काम अझै प्रभावकारी रुपमा अगाडी बढाउने बताइन् ।
आजपाको केन्द्रीय कमिटीको बैठक प्रज्ञा भवनमा जारी छ । बैठकले अगामी निर्वाचनको रणनीतिको बारेमा छलफल गर्दै उम्मेदवार छनोटको मापदण्ड बारेमा छलफल हुने लगायतका एजेन्डाहरु रहेको आजपा सचिवालय सदस्य बालकृष्ण सापकोटाले जनाएका छन्
प्रतिक्रिया