प्रचण्डको सचिवालयको प्रष्टोक्ति- चुनावी सहकार्यका विषयमा रास्वपासँग कुराकानी भएको छैन

विहीबार, १० पुस २०८२, १० : ०५

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सँग चुनावी सहकार्यबारे छलफल नभएको जनाएको छ । 

प्रचण्डको सचिवालयले केही सञ्चारमाध्यममा रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भन्ने समाचार झुटो रहेको जनाउँदै रास्वपासँग पार्टीका तर्फवाट संयोजक वा अन्य कुनै पनि नेताले कुराकानी नगरेको प्रष्ट पारेको हो ।

प्रचण्डको सचिवालयले भनेको छ, ‘केही अनलाइन सञ्चार माध्यमले आज नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भन्ने झुठ्ठा समाचार प्रकाशित गरेकोमा ध्यानाकर्षण भएको छ । यो समाचार पूर्णतः असत्य छ । चुनावी सहकार्यका विषयमा रास्वपासँग पार्टीका तर्फवाट संयोजक वा अन्य कुनै पनि नेताले कुराकानी गर्नुभएको छैन । यसप्रकारका असत्य र सम्वन्धित पक्षवाट पुष्टी विना एकपक्षीयढंगले प्रवाह गरिएका झुठ्ठा समाचारको भ्रममा नपर्न सम्बन्धित सबैमा आग्रह गर्दछु ।’

 
विहीबार, १० पुस २०८२, १० : ०५

प्रतिक्रिया