बालेनले थाले आफ्नै पार्टी गठनको गृहकार्य, मध्यरातमा गरे छलफल

विहीबार, १० पुस २०८२, ११ : ५६

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन शाहले आफ्नै नयाँ पार्टी गठन गरेर निर्वाचनमा जाने तयारी थालेका छन् । उनले केही दिन अघि रास्वपाका सभापति रवि लामिछानेसँग करिब ८ घण्टा राजनीतिक सहकार्यका विषयमा छलफल गरेपनि अन्ततः सहमति हुन नसक्दा आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गरेर अघि बढ्नेगरी गृहकार्य थालेका हुन् ।

बालेनले बुधबार मध्यरातमा आफ्ना सहयोगी ललितपुरको कुपन्डोल स्थित कुमार बेन (व्यञ्जनकार)को घरमा विभिन्न क्षेत्रका सक्रिय तथा चर्चित व्याक्तिहरुसँग छलफल गर्दै अलगै पार्टी लिएर निर्वाचनमा जान सक्रियता बढाएका हुन् । उनले यसअघि निर्वाचन आयोगमा दर्ता भइसकेको देश विकास पार्टी र चुनाव चिन्ह लौरो नै प्रयोग गरेर निर्वाचनमा जान आफू निकटस्थसँग छलफल गरेका थिए । 

स्रोतका अनुसार डा भगवान् कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, सरसरफाई तथा युवा अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, अभियन्ता सागर ढकाल, पूर्व सचिव भीम उपाध्याय,  पूर्व विवकेशील साझाका नेता मिलन पाण्डे, कलाकार निश्चल बस्नेत, पत्रकार ऋषि धमला, सञ्चार उद्यमी कैलाश सिरोहिया, सञ्चारकर्मी सुरजसिंह ठकुरी लगायत छलफलमा सहभागी थिए ।

बालेनले प्रत्यक्ष चुनाव लड्दा सार्वजनिक रूपमा छवि राम्रा भएका मान्छेहरू चाहिने बताउँदै सोही अनुसार सहभागी बोलाइएको  उनी निकट स्रोतले जनाएको छ । 

 
 
 
विहीबार, १० पुस २०८२, ११ : ५६

प्रतिक्रिया