सिन्धुली– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सिन्धुली–२ जिल्ला परामर्श बैठक सम्पन्न भएको छ । बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित हरिबोल गजुरेल, महेश्वर दाहाल, वसन्त माझी, प्रकाश श्रेष्ठ, पानीराज बम्जन, राजन दाहाललगायत नेताहरूको उम्मेदवारीबारे छलफल भएको जिल्ला सचिव विनोद बिकले जानकारी दिए ।
सचिव बिकका अनुसार भोलि क्षेत्र नम्बर १ को परामर्श कार्यक्रम सम्पन्न भएपछि जिल्ला कार्यदलको बैठक बसेर अन्तिम नामावली केन्द्रमा पठाइनेछ । परामर्शका क्रममा संगठन सुदृढीकरण, आगामी निर्वाचनमा कसरी जाने र उम्मेदवार सिफारिस प्रक्रियाबारे छलफल भएको जनाइएको छ ।
यसैबीच, सिन्धुलीमा पार्टी संयोजक प्रचण्ड वा अन्य कुनै एक–दुई व्यक्तिको नाम मात्र सिफारिस गरिएको भन्ने समाचारहरू सत्य नभएको सचिव बिकले स्पष्ट पारे । उनका अनुसार परामर्श प्रक्रिया अझै जारी रहेकाले अन्तिम निर्णय भइसकेको छैन ।
पार्टीले आन्तरिक लोकतान्त्रिक अभ्यासअनुसार सबै तहको ओैपचारिक, अनौपचारिक परामर्शपछि मात्र निष्कर्षमा पुग्ने सचिव विकले जानकारी दिए ।
प्रतिक्रिया