काठमाडौं- यस साता नेप्से परिसूचक २९.१६ अंकले घटेर २५८५.८७ विन्दुमा आईपुगेको छ। गत साता २६१५.०३ विन्दुमा बन्द भएको नेप्से यो साता २९.१६ अंक घटेर २५८५.८७ विन्दुमा पुगेको हो ।
यस साता चार कारोबार दिन बजार खुलेको थियो। जसमा दुई कारोबार दिन नेप्से घटेको थियो भने दुई कारोबार दिन बढेको थियो ।
यस साता औसतमा ३ अर्ब ६७ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार ४ अर्ब ५२ करोड ८७ लाखको सेयर कारोबार भएकोमा सोमबार ३ अर्ब ५१ करोड ५९ लाखको भयो । यस्तै, मंगलबार ३ अर्ब ४२ करोड ९८ लाख र बुधबार ३ अर्ब २२ करोड ४६ लाखको सेयर कारोबार भयो ।
साताको पहिलो कारोबार दिन नेप्से १९.९२ अंकले घटेर २५९५.१० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड ८७ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको दोस्रो कारोबार दिन नेप्से १३.८८ अंकले घटेर २५८१.२१ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३२ कम्पनीको ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५१ करोड ५९ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको तेस्रो कारोबार दिन नेप्से ३.२७ अंकले बढेर २५८४.४९ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।
साताको अन्तिम अर्थात् चौथो कारोबार दिन नेप्से १.३७ अंकले बढेर २५८५.८७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।
प्रतिक्रिया