प्रलोपाको लुम्बिनी प्रदेश एकता भेला सम्पन्न, ५ सदस्यीय अध्यक्ष परिषदसहित १५१ सदस्यीय प्रदेश समिति गठन

शनिबार, १२ पुस २०८२, २० : ५१

दाङ- प्रगतिशिल लोकतान्त्रिक पार्टी लुम्बिनी प्रदेशको एकता भेला तथा प्रथम बैठक आज दाङको देउखुरीमा सम्पन्न भएको छ ।

बैठकले ५ सदस्यीय अध्यक्ष परिषद सहित १५१ सदस्यीय लुम्बिनी प्रदेश समिति गठन गरेको छ । अध्यक्ष परिषदमा यज्ञ पोखरेल, पँकज राई, बुद्द सुनार , नारायण नागिला र ईन्दिरा पुरी लाई चयन गरेको छ भने कार्यालयको मुख्य सचिवमा टोप ब कार्की चयन भएका छन् । यस्तै पार्टीको प्रबक्तामा बिरेन्द्र हरिजन चयन भएका छन। 

एकता बैठकले लुम्बिनी प्रदेशका १२ जिल्लाका ईन्चार्ज, जिल्ला प्रमुख र सचिव समेत चयन गरेको छ। यस्तै बैठकले लुम्बिनी प्रदेशका २६ वटै निर्वाचन क्षेत्रका संयोजक पनि चयन गरेको छ। 

बैठकले  पौष ३० गते सम्म १२ वटै जिल्लाको भेला गठन गरिसक्ने र माघ ३० गते सम्म सबै पालिका भेला र सदस्यता वितरण गरिसक्ने निर्णय गरेको छ। त्यसैगरी आगामी निर्वाचनको लागि बन्द सूची र प्रत्यक्षतर्फको उम्मेदवारका विषयमा समेत छलफल गरेको छ।  

पार्टीका केन्द्रीय संगठन विभाग प्रमुख जग प्रसाद शर्मा, केन्द्रीय योजना विभाग पमुख बामदेव क्षेत्री, लुम्बिनी प्रदेश ईन्चार्ज नारायणी शर्मा र केन्द्रीय सदस्य तिलकराम शर्मा लगायतका नेताहरुले सम्बोधन गरेका थिए। प्रदेश परिषदका अध्यक्ष यज्ञ पोेखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बुद्ध सुनारले गरेका थिए ।

शनिबार, १२ पुस २०८२, २० : ५१

प्रतिक्रिया