सेयर बजार

नेप्सेमा ४७.५५ अंकको वृद्धि, हाइड्रोपावर कम्पनीहरुको सर्वाधिक कारोबार

आइतबार, १३ पुस २०८२, १५ : ११

काठमाडौं- साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड १३ लाखको सेयर कारोबार भएको छ । आज २३८ कम्पनीको सेयर मूल्य बढ्दा २१ कम्पनीको सेयर मूल्य घटेको छ ।

Capture

आज युनियन हाइड्रोपावरको सर्वाधिक २७ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा मञ्जुश्री फाइनान्सको २४ करोड ८९ लाख रुपैयाँ र तेस्रोमा सिनर्जी पावरको २२ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन मिड सोलु हाइड्रोका लगानीकर्ताले सर्वाधिक ९.४९ प्रतिशतका दरले कमाएका छन् । यस्तै, जोशी हाइड्रोपावरका लगानीकर्ताले ६.९७ प्रतिशतका दरले कमाएका छन् ।

विन नेपाल लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।

 
 
आइतबार, १३ पुस २०८२, १५ : ११

प्रतिक्रिया