ओली जाँचबुझ आयोगलाई लिखित बयान दिन तयार, उपस्थित भने नहुने

आइतबार, १३ पुस २०८२, १५ : ५२

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाँचबुझ आयोगसमक्ष आफ्नो धारणा राख्न तयार भएका छन् । तर, उनी आयोगको सचिवालयमा प्रत्यक्ष उपस्थित भएर बयान दिने पक्षमा नरहेको एमाले स्रोतले जनाएको छ।

स्रोतका अनुसार ओलीले सिंहदरबारस्थित आयोगमा गएर बयान नदिए पनि कुनै न कुनै माध्यमबाट आफ्नो भनाइ आयोगलाई उपलब्ध गराउने सहमति जनाएका हुन् ।

जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन ओली सरकारका गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ भने ओलीलाई पनि बोलाउने तयारी गरिरहेको छ । 

 
आइतबार, १३ पुस २०८२, १५ : ५२

प्रतिक्रिया