काठमाडौं- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३३७ कम्पनीको १ करोड ३७ हजार ३०७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड ४७ लाखको सेयर कारोबार भएको छ । आज ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज एसवाई प्यानलको सर्वाधिक २३ करोड २ लाख रुपैयाँ को कारोबार भएको छ । दोस्रोमा मञ्जुश्री फाइनान्सको १७ करोड ९८ लाख रुपैयाँ र तेस्रोमा शिवम् सिमेन्टको १३ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन एसवाई प्यानलका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, ग्लोबल आईएमई समुन्नत योजना–२ का लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका छन् ।
वीन नेपाल लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।
प्रतिक्रिया