काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा ०.५९ अंक घटेर २६२२.२९ विन्दुमा झरेको छ।
यस सेसनमा १६ लाख ५६ हजार ९७२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४३ कम्पनीको २ हजार ४५२ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये १६ कम्पनीको सेयर मूल्य बढ्दा २० कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रतिक्रिया