सेयर बजार

आज दोहोरो अंकले घटेर बन्द भयो नेप्से, ४ अर्ब ७१ करोडमा झर्‍यो कारोबार

विहीबार, १७ पुस २०८२, १५ : १०

काठमाडौं- साताको पाँचौं कारोबार दिन नेप्से परिसूचक १२.८३ अंकले घटेर २६२०.९२ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३४२ कम्पनीको १ करोड १ लाख ५३ हजार २२६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज ६३ कम्पनीको सेयर मूल्य बढ्दा १८९ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । 

Capture

 

आज एसवाई प्यानलको सर्वाधिक २३ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्टको १३ करोड ३८ लाख रुपैयाँ र तेस्रोमा बुटवल पावर कम्पनीको १२ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन विन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, एसवाई प्यानलका लगानीकर्ताले ९.०९ प्रतिशतका दरले कमाएका छन् ।

ग्लोबल आइएमई सम्मुनत योजना–२ का लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।

 
विहीबार, १७ पुस २०८२, १५ : १०

प्रतिक्रिया