सेयर बजार

साताभर ३५.०५ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?

शनिबार, १९ पुस २०८२, ११ : ३७

काठमाडौं- यस साता नेप्से परिसूचक ३५.०५ अंकले बढेर २६२०.९२ विन्दुमा आईपुगेको छ। गत साता २५८५.८७ विन्दुमा बन्द भएको नेप्से यो साता ३५.०५ अंक बढेर २६२०.९२ विन्दुमा पुगेको हो । 

यस साता चार कारोबार दिन बजार खुलेको थियो। जसमा दुई कारोबार दिन नेप्से घटेको थियो भने दुई कारोबार दिन बढेको थियो । 

यस साता औसतमा ५ अर्ब ३ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार ५ अर्ब ५३ करोड १३ लाखको सेयर कारोबार भएकोमा सोमबार ४ अर्ब ७७ करोड ४७ लाखको भयो । यस्तै, बुधबार ५ अर्ब १३ करोड ४८ लाख र बिहीबार ४ अर्ब ७१ करोड ३९ लाखको सेयर कारोबार भयो ।

साताको पहिलो कारोबार दिन नेप्से ४७.५५ अंकले बढेर २६३३.४२ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२८ कम्पनीको १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । 

साताको दोस्रो कारोबार दिन नेप्से १०.५३ अंकले घटेर २६२२.८८ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३७ कम्पनीको १ करोड ३७ हजार ३०७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ माथिको कारोबार भएको थियो । 

साताको तेस्रो कारोबार दिन नेप्से १०.८७ अंकले बढेर २६३३.७६ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३४२ कम्पनीको १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको अन्तिम अर्थात् चौथो कारोबार दिन नेप्से १२.८३ अंकले घटेर २६२०.९२ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३४२ कम्पनीको १ करोड १ लाख ५३ हजार २२६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।

 
शनिबार, १९ पुस २०८२, ११ : ३७

प्रतिक्रिया