सेयर बजार

प्रि ओपन सेसनमा ४.०६ अंकले घट्यो नेप्से

आइतबार, २० पुस २०८२, १० : ५९

काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा ४.०६ अंक घटेर २६१६.८६ विन्दुमा आइपुगेको छ।  

यस सेसनमा ४६  लाख ८ हजार ९१० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५२ कम्पनीको ६ हजार ५१८ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये ११ कम्पनीको सेयर मूल्य बढ्दा ३४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
आइतबार, २० पुस २०८२, १० : ५९

प्रतिक्रिया