सुदन किराती सुनसरी– १ बाट प्रलोपाको उम्मेदवार सिफारिस

आइतबार, २० पुस २०८२, १४ : २१

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का अध्यक्ष परिषद्का सदस्य सुदन किराती आगामी निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन्। 

सुनसरी जिल्ला कार्यसमितिले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट उठाउन केन्द्रमा सिफारिस गरेको हो। 

प्रगतिशील लोकतान्त्रिक पार्टीका सुनसरी इन्चार्ज शालिक राईले काठमाडौँको सुविधानगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा पत्र पठाई उम्मेदवारमा उनको नाम सिफारिस गरेका हुन्।

 
 
आइतबार, २० पुस २०८२, १४ : २१

प्रतिक्रिया