सेयर बजार

आज दोहोरो अंकले घटेर बन्द भयो नेप्से, ५ अर्ब माथिको कारोबार

आइतबार, २० पुस २०८२, १५ : ०६

काठमाडौं- साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १०.२९ अंकले घटेर २६१०.६३ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३२३ कम्पनीको १ करोड २ लाख ७४ हजार १२६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७५ लाखको सेयर कारोबार भएको छ । आज ७९ कम्पनीको सेयर मूल्य बढ्दा १७१ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । 

Capture


आज एसवाई प्यानलको सर्वाधिक ३० करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा श्रीनगर एग्रीटेकको २२ करोड ८७ लाख रुपैयाँ र तेस्रोमा बन्दीपुर केवलबारको २२ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन २ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज विन नेपाल लघुवित्त र श्रीनगर एग्रीटेकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, सागर डिस्टिलरीका लगानीकर्ताले ८.१२ प्रतिशतका दरले कमाएका छन् ।

ङादी हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ४.३२ प्रतिशतका दरले गुमाएका छन् ।

 
आइतबार, २० पुस २०८२, १५ : ०६

प्रतिक्रिया