सेयर बजार

नेप्सेमा २८.७३ अंकको वृद्धि, ६ अर्ब ४७ करोड माथिको कारोबार

सोमबार, २१ पुस २०८२, १५ : १५

काठमाडौं- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३३५ कम्पनीको १ करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड ३७ लाखको सेयर कारोबार भएको छ । आज २१४ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । 

Capture
आज शिवम् सिमेन्टको सर्वाधिक ३८ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा बन्दीपुर केबलबारको २० करोड ९१ लाख रुपैयाँ र तेस्रोमा एसवाई प्यानलको १७ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन पाँच कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रीटेक, बन्दीपुर केबलकार र रु रु जलविद्युतका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, बाराही हाइड्रोपावरका लगानीकर्ताले ९.९८ र दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले ९.५४ प्रतिशतका दरले कमाएका छन् ।

gainar

१०.३० प्रतिशत स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चरका लगानीकर्ताले आज सर्वाधिक २.४९ प्रतिशतका दरले गुमाएका छन् ।

 
सोमबार, २१ पुस २०८२, १५ : १५

प्रतिक्रिया