सेयर बजार

आज ९.९३ अंकले बढ्यो नेप्से, ७ अर्ब १२ करोड माथिको कारोबार

मंगलबार, २२ पुस २०८२, १५ : ०९

काठमाडौं- साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३३४ कम्पनीको १ करोड ४८ लाख ३१ हजार २४१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ३३ लाखको सेयर कारोबार भएको छ । आज १४८ कम्पनीको सेयर मूल्य बढ्दा १०३ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । 

Capture
आज एसवाई प्यानलको सर्वाधिक २४ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा बुटवल पावर कम्पनीको २३ करोड ६७ लाख रुपैयाँ र तेस्रोमा शिवम् सिमेन्टको २३ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन जीवन विकास लघुवित्तका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका हुन् । यस्तै, थ्री स्टारहाइड्रोपावरका लगानीकर्ताले ९.५४ प्रतिशतका दरले कमाएका छन् ।

रु रु जलविद्युतका लगानीकर्ताले आज सर्वाधिक ८.४१प्रतिशतका दरले गुमाएका छन् ।

 
मंगलबार, २२ पुस २०८२, १५ : ०९

प्रतिक्रिया