सेयर बजार

प्रि ओपन सेसनमा १.६४ अंकले बढ्यो नेप्से

बुधबार, २३ पुस २०८२, १० : ५६

काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा १.६४ अंक बढेर २६५०.९५ विन्दुमा आइपुगेको छ।  

यस सेसनमा २ करोड ३८ लाख ४५ हजार १४१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ४८ कम्पनीको ३२ हजार ५३५ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा २४ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
बुधबार, २३ पुस २०८२, १० : ५६

प्रतिक्रिया