काठमाडौं- साताको चौथो कारोबार दिन नेप्से परिसूचक १३.३५ अंकले घटेर २६३५.९४ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३२३ कम्पनीको १ करोड ६ लाख ३३ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १७ करोड ५० लाखको सेयर कारोबार भएको छ । आज ६२ कम्पनीको सेयर मूल्य बढ्दा १८७ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज एसवाई प्यानलको सर्वाधिक २६ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा श्रीनगर एग्रीटेकको २३ करोड ५५ लाख रुपैयाँ र तेस्रोमा मञ्जुश्री फाइनान्सको २० करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन नारायाणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.०८ प्रतिशतका दरले कमाएका छन् । यस्तै, फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ३.३५ प्रतिशतका दरले कमाएका छन् ।
एसवाई प्यानलका लगानीकर्ताले आज सर्वाधिक ८.४५ प्रतिशतका दरले गुमाएका छन् ।
प्रतिक्रिया