काठमाडौं- साताको पाँचौ कारोबार दिन प्रि ओपन सेसनमा २.०७ अंक घटेर २६३३.८७ विन्दुमा आइपुगेको छ।
यस सेसनमा २ करोड ४६ लाख ८५ हजार ८३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४८ कम्पनीको ४३ हजार ६१४ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये १५ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रतिक्रिया