काठमाडौं - यतिबेला नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा पुस २७ र २८ गते विशेष महाधिवेशन बोलाइएपछि नेपाली कांग्रेस विभाजनको संकटमा फसेको छ। पार्टीमा देखिएको तत्कालको संकट टार्न कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आकस्मिक रूपमा कार्यसम्पादन समितिको बैठक डाँकेका छन्।
विशेष महाधिवेशन मागकर्ताले बुधबार पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन बोलाएका थिए। साँझ दुई महामन्त्रीले संयुक्त वक्तव्य निकाले मागकर्ताले आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन सार्वजनिक आह्वान नै गरेका छन्।
यसैबिचमा बिहीबार बिहानै कांग्रेस नेता डा. शेखर कोइराला र डा. मीनेन्द्र रिजालले पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। भेटवार्तामा नेता कोइरालाले पार्टी एकताबद्ध राख्न विशेष महाधिवेशन रोकेर पहलकदमी लिइदिन आग्रह गरेका छन्। कोइरालाले बरु विशेषको सट्टा संकल्प सम्मेलनको आयोजना गरेर पार्टीको विवाद मत्थर पार्नुपर्ने प्रस्ताव समेत राखेका छन्।
प्रतिक्रिया